पोखरा ।।
पोखरा-२५, हेमजाभित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बढाउन आज अन्तरक्रिया गरिएको छ ।
शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बढाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलापबारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिएका छन् ।
उनले वडाबाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख भिम प्रसाद आचार्यले शिक्षाका लागि आउने आर्थिक गतिविधि बारे जानकारी दिदै शिक्षामा सन्तोष लिन नहुने बताएका छन् ।
आगामी दिनमा शिक्षा समितिले अनुगमन गर्ने बताउँदै शिक्षामा प्रबिधिको प्रयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा वडा सचिव सुबोध खनालले गत वर्ष वडामा भएका उपलब्धिका बारेमा जानकारी गराएका थिए ।
साे अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले समय-समयमा विद्यालय अनुगमन गर्नुपर्ने उल्लेख गर्दै विद्यार्थीलाई वडा बाहिर जान नपर्ने बनाउन पर्ने उल्लेख गरेका छन् ।
सहभागीले सामुदायिक र संस्थागत विद्यालयले एउटै पात्रोमा चल्नुपर्ने उल्लेख गर्दै सामुदायिक विद्यालयमा धेरै बिदा भएको गुनासो गरेका छन्।
बाल शिक्षालाई लगानी गर्नुपर्ने बताउँदै सामुदायिक विद्यालयमा भौतिक अभाव रहेको गुनासो गरेका छन् ।