नेपालले जित्यो महिला टी–ट्वान्टी सिरिजको उपाधि
  • प्रमुख खबर

काठ्माण्डौं ।।

महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । मलेसियाको राजधानी क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङकङ माथी विजयी हात पारेको हो । नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो ।

नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।

अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो । महिला टी–२० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत गरि चार देशको सहभागी भएका थिए ।

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले सिरिज खेलेको हो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्