धार्चेगाउँपालिका वडा नंं. ६ मा गएकाे पहिरोका कारण २५ घर जोखिममा
  • प्रमुख खबर

गाेरखा ।।

गोरखा जिल्लाकाे धार्चेगाउँपालिका वडा नं ६ यार्सामा पहिराे गएकाे छ । तीन दिनदेखि लगातार परेकाे भारीवर्षाका कारण साे क्षेत्रमा अाइतबार साँझ करिब ६ बजेकाे समयमा पहिराे गएकाे हाे ।

पहिराका कारण एक घर पूर्णरूपमा क्षेति पुगेकाे छ भने १५ वटा घरमा अांशिक क्षेति पुगेकाे छ । साे पहिराेबाट कुनै मानवीय क्षेति भने नभएको त्यहाँका स्थानीयबासी प्रेम अालेले प्रमुख खबरसँगकाे कुराकानीमा जानकारी दिएका छन् ।

उनका अनुसार पहिरोले अांशिक क्षेति पुर्‍याएका घरहरु अत्यन्त जाेखिमपूर्ण रहेकाले बस्न नमिल्ने अवस्थामा रहेकाे बताएका छन् ।

त्यस्तै साेही स्थानमा रहेका अन्य २५ वटा घरहरु समेत बाढिपहिरोको जोखिममा रहेकाे उनले जानकारी दिए । वडा नं ६ यार्साका वडाध्यक्ष धन कुमार अालेले तत्काल अाफुहरुले जाेखिमपूर्ण र क्षेति पुगेका घरहरुमा नबस्नका लागि वडाबासीहरुमा जानकारी गराएकाे र उनीहरुकाे व्यवस्थापनका निम्ति वडाले प्रयास गरिरहेकाे बताएका छन् ।

घटनाकाे विषयमा विस्तृत रुपमा बुझ्नकाे लागि अाफुहरु अहिले साेही स्थानमा रहेकाे वडाध्यक्ष अालेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्