काठ्माण्डौं ।।
एसिया कपको उद्घाटन खेलमा नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको मुल्तान खेलमैदानमा शुरु हुनेछ । यस खेलसँगै नेपाल एसिया कप खेल्ने आठौं टोली बन्ने भएको छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौँ टोली बन्नेछ ।
एसियन क्रिकेट काउन्सिल ९एसीसी०ले आफ्ना टोलीलाई विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दै आएको छ । यस पटक आउँदो अक्टोबररनोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एसिया कप क्रिकेटमा काकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीसँग भर्चुअल संवाद गर्दै जितको शुभकामना दिएका छन् ।
टोलीसँग भर्चुअल संवादको क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताएका छन् ।