१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाल्याे प्रशिक्षण
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले १९ औँ एसियाली खेलकुदका लागि प्रशिक्षण थालेको छ ।

यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिताकाे आजदेखि नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण थालेको हाे ।

यस प्रतियोगितामा नेपालले सेप्टेम्बर २७ मा मङ्गोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्ने भएको छ । टी–२० शैलीमा हुने यस प्रतियोगितामा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रदैछ ।

नेपालकाे राष्ट्रिय टाेलीमा राेहित पाैडेल, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, साेमपाल कामी, प्रतिस जिसी, किशाेर महताे, सन्दीप जाेरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्