रामप्रसाद पौडेल ।।
भारतकाे उत्तरपूर्वमा रहेकाे मिजाेरम राज्यका स्थानीय गाेर्खाहरुकाे छाता संगठन मिजाैराम गाेर्खा युवा संघकाे ४६ अाै वार्षिक अधिवेशन सम्पन्न भएकाे छ। राज्यकाे राजधानी आईजाेल स्थित जाैत्लाङ गाउँमा आयाेजित साे अधिवेशन अाज नया कार्यसमितिकाे चुनावसंगै सम्पन्न भएकाे हाे । आज सम्पन्न चुनावमा लगातार दाेस्राे कार्यकालकाे लागि राज्यका सिनियर ईन्जिनियर अनुप क्षेत्री अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ भने सम्पन्न चुनावमा इन्जिनियर क्षेत्रीकाे नेतृत्वमा वर्ष २०२५=२५ लागि नाै सदस्यीय समिति गठन गरेकाे छ ।
अधिवेशनकाे प्रथम दिन शनिवार राज्य सरकारका युवा तथा खेलकुद मंत्री ललङिङलाेवा म्हार प्रमुख अतिथि रहनु भएकाे थियाे । कार्यक्रम उदघाटन गर्दै मंत्री म्हारले गाेर्खाहरु मिजाैराम राज्यका अभिन्न अंग हुन् र मिजाैराम राज्यकाे विकासमा गाेर्खा समुदायले पु-याएकाे याेगदान राज्यले कहिल्यै भुल्ने छैनाै भने। साथै राज्य मंत्री म्हारले राज्य सरकार गाेर्खा समुदायकाे हक हित र जिवनस्तर उकास्न सदैव प्रयत्नशील रहने कुरामा जाेड दिए ।
सन् १९७६ मा स्थापित मिजाैराम गाेर्खा युवा संघका राज्यमा १ उपकेन्द्र सहित १७ शाखा छन् । संस्थाले हरेक वर्ष संस्थागतरुपमा कृयाशील रही जाति र समाजकाे लागि सराहनीय कार्य गर्ने शाखालाई सर्वाेत्कृष्ठ शाखा घाेषित गरि पुरस्कार सहित सम्मान गर्ने गरेकाे छ । यस वर्ष बडा बजार शाखा आईजाेल सर्वाेत्कृष्ठ शाखा बन्न सफल भएकाे छ ।
भाषा, कला, साहित्य र शिक्षाकाे विकाससंगै सामुदायिक हक,हित र समाजिक एकतामा क्रियाशील रहेकाे यस संस्थाले राज्यमा परिआउने विभिन्न आपतकालिन स्थितिहरुमाहरुमा सक्रियरुपमा सहयाेग गर्ने गरेकाे । संस्थाले मिजाैराम मात्र नभएर मिजाैराम बाहिरका नेपालीभाषी समुदायहरुलाई सहयाेग गर्ने गरेकाे छ। हाल संस्थामा राज्यभरिका लगभग दशहजार भन्दा बढी स्थानीय गाेर्खाहरुकाे अावद्धता रहेकाे बताइन्छ ।
संस्थाकाे विषयमा बाेल्दै लामाेसमयदेखि संस्थाकाे केन्द्रीय समितिमा अावद्ध रहनुभएकाे नव निर्वाचित महासचिव राेविन जैसीले भाेलिका दिनमा यस संस्थालाई थप प्रभावित बनाउदै लगिने कुरा जनाउनु भयाे ।
प्रतिक्रिया लेख्नुहोस्:-