निशुल्क आँखा शिविर सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।
लायन्स क्लब अफ पोखरा ग्रिन र पोखरा महानगरपालिका वडा नं १३ को संयुक्त आयोजना र हिमालय आँखा अस्पताल घारीपाटन को प्राबिधिक सहयोग मा शहरी स्वास्थ्य केन्द्र पोखरा महानगरपालिका वडा नं १३ मा एक दिने आँखा शिविर सम्पन्न भएको छ। कार्यक्रम को अध्यक्षता सोही क्लबका अध्यक्ष लायन प्रभा सुबेदी ले गर्नु भएको थियो। प्रमुख अतिथि मा पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बराल र बिशेष अतिथि मा लायन्स क्लब अफ पोखरा डिस्टिक ३२५ J का डिष्टीक गभर्नर लायन ध्रुव श्रेष्ठ रहनुभएको थियो।

हिमालय आँखा अस्पताल घारीपाटन को प्राबिधिक टोली मार्फत करिब २०० जना महिला र १०० जना पुरुष गरी जम्मा ३०० स्थानीय बासिन्दा को आँखा जाँच गरी शिबिर सम्पन्न भएको थियो र ७ जना मा गम्भीर मोती बिन्दु को लक्षण देखिएको कार्यक्रम का संयोजक लायन डा दिपक सुबेदी ले जानकारी दिनुभयको थियो। कार्यक्रम को संचालन लायन बिनीता बराल ले गर्नुभएको थियो। स्वागत मन्तव्य लायन डिल्लीराम भट्टराई ले गर्नुभएको थियो र राष्ट्रिय ध्वजा बाचन लायन प्रेम शर्मा गर्नु भएको थियो। कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको मा क्लब का अध्यक्ष लायन प्रभा सुबेदी ले आगामी दिनमा अझ प्रभावकारी कार्य गर्ने हौसला मिलेको बताउनुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्