पोखरा , माघ ७
निब्रित्त शिक्षक समुदाय कास्कीको रजत जयन्तिको पूर्व सन्ध्यामा आयोजित माद्यामिक बिद्यालय स्तरिय बक्त्रित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
छबिलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्लाका १८ मा, बि बिधालय सहभागि रहेको थियो । उक्त कार्यक्रममा छोरेपाटन मा बि कि गायात्री गौतम प्रथम , मेहेस्वेरए मा वि पुम्दी कि आकाङ्छ्या बराल दोस्रो , महेन्द्र मा बि नयाँबजारका बिशाल खड्का तेस्रो भएका थिए भने कालिका मा बि राम बजार, संस्क्रित् मा बि बगर ,र अमर सिं मा बि राम बजारका क्रमस वासना सुबेदी , सौरब पौडेल ,सदिक्षा पौडेलले सान्त्वना स्थान प्राप्त गर्न गरेका थिए ।
पुरस्कार रकम क्रमस रु १०००० , रु ७००० , रु ३००० साथै सान्त्वना रु १००० रहेको उक्त कार्यक्रममा नारायण परिश्रमी सम्योजक रामराज रेग्मी र भुवनेस्वर शर्मा मुल्याङ्कन टोलिमा रहन भएको थियो । कार्यक्रममा सल्लाहकार रामराज रेग्मी ,क्षेत्रबहादुर कुँवर , दामोदर पराजुली ,शिक्षक बामदेब पौडेल र उपाध्यक्ष नरबहादुर गुरुङले कार्यक्रमकाबारेमा बोल्नु भएको थियो । कार्यक्रम सचिब शेसकान्त आचार्यले सचालन गर्नु भएको थियो ।