आत्मदाहको प्रयास गरेका आचार्यको निधन
  • प्रमुख खबर

काठमाडौं, ११ माघ ।।

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेम प्रसाद आचार्यको निधन भएको छ । उनको बुधबार बिहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

मंगलबार दिउँसो भित्र संसद चलिरहेका बेला संसद भवन बाहिर आचार्यले आफैँलाई पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका थिए । ३७ वर्षीय आचार्यले आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा लेखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्