काठ्माण्डौं ।
टिर्कीमा स्थानीय समयअनुसार आज विहान ४ बजेर १७ मिनेटमा ७ दशमलब ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा ७ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु रहेको टर्कीमा १ हजार १४ जना र छिमेकी देश सिरियामा ७ सय ८३ जना गरी कम्तीमा १ हजार ७ सय ९७ जनाको ज्यान गएको हो ।
त्यस्तै भूकम्पका कारण भत्किएका संरचनाको भग्नावेशमा अहिलेपनि खोजी कार्य जारी रहेकोले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । आज गएको उक्त भूकम्पमा परी ६ हजार भन्दा धेरै मानिस घाइते समेत भएका छन् ।