भूमेश्वर आधारभूत विधालय  व्यवस्थापन समितिकाे अध्यक्षमा शिव प्रसाद पाैडेल
  • प्रमुख खबर

राम प्रसाद पाैडेल

पाेखरा १९ घार्मी स्थित भूमेश्वर आधारभूत विधालय व्यवस्थापन समितिकाे अध्यक्षमा शिव प्रसाद पाैडेल चयन हुनु भएकाे छ । विभिन्न सामाजिक संघ संस्थामा संलङ्गन रहँदै आउनु भएका पाैडेललाई आज बिहान विधालयमा बसेकाे नव निर्वाचित सदस्यहरुकाे नेतृत्व चयन वैठकले सर्वसम्मत अध्यक्ष पदमा चयन गरेकाे हाे । नव गठित समितिमा,  चुडामणी पाैडेल,ज्याेति पाैडेल,ज्याेति सुनार, गाेविन्ध अधिकारी, रामप्रसाद पाैडेल, शिक्षक प्रतिनिधि सर्मिला अाचार्य रहनुभएकाे छ।

बैठकमा वडा प्रतिनिधि कल्पना सुनार सहित नव गठित समितिलाई विधालयका प्रधानाध्यापक दुर्गा पाैडेलले शुभकामना दिनुभयाे ।यस अघि गत शुक्रवार भएकाे अभिभावककाे भेलाले नया समितिकाे लागि आवश्यक सदस्यहरु चयन गरेकाे थियाे ।

पाेखरा महानगर शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मीकाे प्रमुख आतिथ्यता रहेकाे साे भेलामा पाेखरा १९ का वडाध्यक्ष्य पुष्पेन्द्र पाण्डे विशेष अतिथि रहनुभएकाे थियाे भने महेन्द्र माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष बैकुष्ठ पाैडेलले सदस्य चयनमा सहजिकरण गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्