काठमाण्डौं ।
सत्तारुढ गठबन्धनसँग वार्ताका लागि नेकपा एकीकृत समाजवादी पार्टी (एस)ले कार्यदल बनाएको छ । मंगबार बसेको नेकपा एसको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उप–निर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो ।
उक्त विषयहरुमा वार्ता गरि निर्णय गर्ने अधिकार समेत कार्यदललाई दिएको एकीकृत समाजवादीले जनाएको छ । अध्यक्ष माधव कुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल पनि रहेका छन् ।