गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न नेपाली कांग्रेसको आग्रह
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली कांग्रेसले राजिनामा दिन आग्रह गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री अधिकारीलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

शुक्रबार नेकपा माओवादी केन्द्र्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले माओवादीले यहाँको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले यो सरकार अल्पमतमा परेको बताउँदै मुख्यमन्त्री अधिकारीलाई राजिनामा दिन आग्रह गरेका छन् ।

उनले वर्तमान अल्पमतको सरकारले गरेका निर्णयबाट आर्थिकलगायतका दायित्व सिर्जना भएमा सो दायित्व नया सरकारले लिन बाध्य नहुने चेतावनी पनि दिएका छन् ।

पाण्डेले दश दलीय गठबन्धन बनेपछि नेपालको राजनीति सही लिकमा आएको बताए । छिटो छिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकर नहुने उनको भनाई छ ।

तर सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरण भने निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकुल रहेको र यसले निर्वाचनपछि केहि समय लिक बाहिर पुगेको राजनीति पुनः सही लिकमा प्रवेश गरेको समेत स्पष्ट पारेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्