सत्तारुढ नेकपा माओवादीले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने
  • प्रमुख खबर

काठ्माण्डौं ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबारसम्म मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् । उनले बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गरिने समेत बताएका छन् ।

बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्