फेवातालको सिमसार र सार्वजनिक जग्गा अतिक्रमण बारे नागरिक समाजले गरायो पोखरा महानगरको ध्यानाकर्षण
  • प्रमुख खबर

पोखरा ।

नागरिक समाज कास्कीले फेवातालको सिमसार र सार्वजनिक जग्गा अतिक्रमण बारे पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।फेवातालको सिमसार क्षेत्र पुरेर जग्गा प्लटिङ गर्ने कार्य भइरहेको बारे महानगरपालिकाले ठोस कदम चाल्नु पर्ने भन्दै नागरिक समाज कास्कीले महानगर प्रमुख धनराज आचार्यलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

पोखराको सुन्दरता भनेको नै फेवाताल भएको र यसको मुहान क्षेत्र अर्थात जलधार तथा सिमसार क्षेत्र पुरेर जग्गा प्लटिङ्ग हुदा फेवातालको अस्तित्व मेटिने सम्भावना भएको भन्दै महानगरपालिकाले समयमै यस्ता गतिविधि गर्ने तथा गराउनेलाई कार्वाही गर्नुपर्ने नागरिक समाजका अध्यक्ष राम बहादुर पौडेल बताए ।

फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपियाँमा लिने गरेको तथा पटके कारबाहीमा परिसकेका व्यक्तिको २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिए पनि ब्यक्तिलाई भने कानुनी कार्वाही हुनुपर्ने नागरिक समाजले माग गरेको छ ।

यस्तै पोखराको फिर्के खोलामा भइरहेको जग्गा अतिक्रमणलाई रोक्न पनि महागरले जतिसक्दो छिटो कदम चाल्न आग्रह गरेको छ । पछिल्लो समय संस्था र ब्यक्तिहरुले आफू खुशी खोलाको जग्गा हडपेको भन्दै २०३२ को नापी अनुसार खोलाको क्षेत्रफल कायम हुने गरि निर्णय गर्न आग्रह गरेको हो ।

यस्तै समाजले यस्तो कानुन बिपरित बनेको संरचना हटाउने जो संलग्न छन ती ब्यक्तिलाई कानुन अनुसार कार्वाही गर्नुपर्नेमा जोड दिएको छ । महानगर प्रमुख आचार्यले भने फेवातालको सिमसार र रामसार क्षेत्रमा कृषि कार्य गर्न पाइने तर आवशिय संरचना बनाउन नपाइने भन्दै महानगर त्यस्ता गतिविधि रोक्न प्रयासरत रहेको बताए ।

यस्तै फिर्के जस्तै सेदि बुलौदी र अन्य खोला नालाको पनि मापदण्ड के हुने भन्ने बिज्ञहरुको टोलिले गरेको अध्ययन प्रतिबेदन अनुसार काम गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्