गृह कार्य नपुगेको भन्दै आइतबार बस्ने भनिएको सत्ता साझेदार दलको बैठक स्थगति
  • प्रमुख खबर

काठ्माण्डौं ।

मन्त्रिपरिषद् विस्तारका लागि आइतबार बस्ने भनिएको सत्ता साझेदार दलको बैठक स्थगति भएको छ । गृह कार्य नपुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक भोलि बस्ने भन्दै स्थगति भएको छ ।स्रोतका अनुसार भोलि दिनभर मन्त्रालय भागबण्डाको टुङ्गो लागेमा मंगलबार मन्त्रीहरुले शपथ लिन सक्ने बताएका छन् ।

सत्ता साझेदारका नेताहरुले विभिन्न मन्त्रालयहरुमा आफ्नो दाबी राखे पनि कसले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुङ्गो लागि नसकेको अवस्था छ ।अहिलेसम्म माओवादीले गृह मन्त्रालय र कांग्रेसले अर्थ मन्त्रालय लिने लगभग सहमति भइसकेको समेत स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्