एकीकृत समाजवादीका स्थायी समिति सदस्य जंगलीद्धारा पार्टी परित्याग
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी परित्याग गरेका छन् । मंगलबार बसेको सचिवालय बैठकले जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनी एकीकृत समाजवादीमा नरहने निश्चित भएको हो ।

मकवानपुरको एक कार्यक्रममा एमाले फर्किन थालेको भन्दै तस्वीर सार्वजनिक गरेसँगै उनले पार्टी छाड्न लागेको चर्चा चलेको थियो ।

जंगलीले दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले स्वीकृत गरेको बताएका छन् ।राजीनामा दिएका नेता जंगली कास्कीका हुन् ।

जंगली नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश सह–इन्चार्ज थिए । एमालेमा हुँदा उनी केन्द्रीय सदस्य थिए । जंगली दोस्रो संविधानसभा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्