आफुहरुले मागेको तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन तयारी अवस्थामा रहेको ः एकिकृत समाजवादी
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारेमा प्रधानमन्त्री प्रचण्डको जवाफको प्रतिक्षा गर्ने भएको छ । पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले आफुहरुको दाबी तीन मन्त्रालयमा रहेको तर कुन मन्त्रालय हो भन्ने विषयको टुंगो नलागेको र मन्त्रालय पनि प्राप्त नभइसकेकाले प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा रहेको पार्टीका उप–सचिव एंव प्रवक्ता समेत रहेका जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

उनले आफुहरुको समाजवादी पार्टीले विभिन्न समयमा धेरै त्याग गरिसकेकाले आफुहरुले मागेका तीन मन्त्रालयमा अडान रहेको बताउँदै कुनैपनि हालतमा यस अडानबाट पछि नहट्ने समेत बताएका छन् । उनका अनुसार आफुहरुले मागेको तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन तयारी अवस्थामा रहेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्