सत्ता गठबन्धनमा आबद्ध दलहरूले लगायो मन्त्रालय बाँडफाँटको टुङ्गो
  • प्रमुख खबर

काठ्माण्डौं ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालय बाँडफाँटको टुङ्गो लगाएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय बाँडफाँटको टुुङ्गो लगाएको हो ।

उक्त बैठकमा सहभागी जनता समाजवाद पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार कांग्रेसलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, एकीकृत समाजवादीलाई (एस) २, जसपालाई २, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १, जनमत पार्टीलाई १ राज्यमन्त्रीसहित १ मन्त्रालय र नेपाल समाजवादी पार्टी ९नेसपा० लाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ ।

सत्ता गठबन्धनका दलहरुको मन्त्रालय बाँडफाँट भएतापनि कुन दललाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने विषयमा भने यकिन नभएको श्रेष्ठले बताएका छन् । त्यस्तै भोलि बिहीवार सरकार विस्तार गरेर भोलि नै शपथ ग्रहण गराउने तयारी भएको पनि नेता श्रेष्ठले बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्