कांग्रेस परित्याग गरेका वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने
  • प्रमुख खबर

तनहुँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ । बैशाख १० मा हुने उप–निर्वाचनमा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिएसँगै वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

उनले बिहीबार मात्र नेपाली कांग्रेस परित्याग गरेको घोषणा सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । कांग्रेसबाट अलग भएको घोषणा गरेसँगै उनी रास्वपामा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्