रामप्रसाद पाैडेल
चैत्र २०, पोखरा ।।
पाेखरा -१२ माटेपानी स्थित बि.जी अस्पतालले विश्व अटिजम जागरुकता दिवस मनायाे। अाईतबार साँझ अस्पताल इन्चार्ज अनिता खड्काकाे संयाेजकत्वमा भएकाे साे कार्यक्रममा वरिष्ठ मनाेचिकित्सक प्रा.डा निर्मल लामिछानेले अटिजम न्यूनिकरणका विषयमा बाेल्दै, अटिजमको लक्षणहरू प्राय जन्म भएको ३ वर्ष भित्रनै बच्चाहरूमा देखिन थाल्ने गर्दछ ।
स्पेक्ट्रम डीसअर्डरका रूपमा लिइने यो समस्या चिकित्सकसँग निरन्तर परामर्शमा रहे रोकथाम गर्न सकिन्छ र अटिजमको विषयमा मुख्य बुझ्नु पर्ने कुरा भनेको सही अवसर र मार्गदर्शन पाएमा अधिकांश अटिजम सहितका व्यक्तिहरु सफल जीवन यापन गर्न सक्षम हुन्छन भन्नुभयाे ।
त्यस्तै उहाँले अटिजमकाे समस्या भएका व्यक्तिहरुलाई घर परिवार र समाजबाट हाैषला प्रद व्यवाहर भए उनीहरु सक्षम जीवन बाँच्न सक्छन् भन्दै, संसारमा यस्ता धेरै अटिजम सहितका व्यक्तिहरू छन् जो सामाजिक तथा व्यवसायीकरण आत्मनिर्भर भएर बाँचेका छन् भन्नुभयाे ।
कार्यक्रममा अस्पताल परिवारले चनचेतना मूलक अन्तर्सम्वाद आयाेजन गरेकाे थियाे ।