काठ्माण्डौं ।
एकीकृत समाजवादी (एस) मा अध्यक्षपछिको तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने तयारी गरेको स्रोतले बताएको छ ।
उनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै औपचारिक रुपमा पार्टी छाडेको घोषण गर्ने तयारी गरेको स्रोतले बताएको हो ।
नेकपा एमालेसँग विद्रोह गर्दै माधव नेपाललाई साथ दिएका न्यौपाने पछिल्लो समय एमालेसँगै पार्टी एकता गर्नुपर्ने पक्षमा रहेका छन् । तर सो विषयलाई लिएर नेपालले त्यति चासो नदिएपछि उनी असन्तुष्टि भएका छन् ।
एमालेसँग पार्टी एकता गर्नुपर्ने लगायतका धारणा सार्वजनिक गरेपछि उनलाई चैत १४ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सात दिने स्पष्टीकरण सोधेको थियो । तर न्यौपानेले स्पष्टीकरण दिन जरुरी नभएको प्रतिक्रिया दिँदै आएका थिए । त्यस्तै स्रोतका अनुसार उनले एस छाडेको घोषणा गरेको केही समयपछि पुनः एमालेमा प्रवेश गर्ने बताइएको छ ।