रास्वपाले ग¥यो सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गर्ने निर्णय, उनको स्थानमा कंसाकारलाई सांसद बनाइने
  • प्रमुख खबर

काठ्माण्डौं ।

चुनावको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईसँग पैसा मागेको अडिओ सार्वजनिक भएसँगै कारबाहीमा परेका छन् । उनले प्रसाईसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

सो अडियो सार्वजनिक भएपछि पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । उक्त छानबिन समितिले बुझाएको प्रतिवेदनसँगै रास्वपाको बुधबार केन्द्रीय समिति बैठक बसेको थियो ।

सो बैठकले श्रेष्ठलाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो ।यससँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

उक्त अडियो क्लिपमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

त्यस्तै पार्टी सभापति रबि लामिछानेले श्रेष्ठ र प्रसाईबीच लेनदेन भएको नदेखिएतापनि पैसा मागेको अडियो श्रेष्ठकै भएकाले कारबाही गरेको जानकारी दिएका छन् । यद्यपि पार्टीको विधान अनुसार श्रेष्ठले पुनरावेदन भने गर्न सक्ने उनले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्