रास्वपाका सभापति लामिछानेका सवारी चालक शम्भुलाई थप उपचारका लागि काठमाडौं लगियो
  • प्रमुख खबर

फोटो ः रबि लामिछानेको फेसबुक पेजबाट

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा ९शम्भु० लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

चितवनमा रवि लामिछाने बस्दै आएको घरको छतबाट सोमबार विहान खसेर गम्भीर घाइते भएका थापालाई थप उपचारका लागि मंगलबार कोठ्माण्डौंको नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो । यसअघि उनको चितवनकै कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० मा उपचार भइरहेको थियो ।

करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको हो । रास्वपा सभापतिका लामिछानेले बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी चिकित्क र आफन्तको सल्लाहमा काठमाडौं पठाइएको फेसबुकमार्फत जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्