भारत भ्रमणको लागि प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे मोदीले पठाएको निम्तो
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयारी अगाडी बढाइसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार तयारी पूरा नभएकोले भ्रमणको मिति भने तत्काल सार्वजनिक गर्न नमिल्ने बताइएको छ ।

तर वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने भनाइ छ ।परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन् । भ्रमणको क्रममा केही विषयमा सम्झौता हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्