अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री अधिकारीले बैशाख ९ मा विश्वासको मत लिने
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । उनको सरकार अल्पमतमा परेका कारण उनले विश्वासको मत लिने भएका हुन् ।

संवैधानिक बाध्यताका कारण पनि मुख्यमन्त्री अधिकारीले बैशाख ९ गतेभित्र विश्वासको मत लिनै पर्छ । सोही दिन प्रदेश सभाको बैठक पनि डाकिएको छ ।

उक्त बैठकमा उनले विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै प्रदेशसभा सचिवलाई पत्र समेत पठाएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएसँगै गत चैत्र १० गते उनको नेतृत्वको सरकार अल्पमतमा परेको थियो । गएको पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्