भोलि हुने उप–निर्वाचनलाई ध्यान दिँदै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका सवारी साधन चल्न रोक
  • प्रमुख खबर

तनहुँ ।

भोलि बैशाख १० गते तनहुँ–१ मा उप–निर्वाचन हुँदैछ । यही निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय तनहुँले भोलि पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका सवारी साधन चल्न रोक लगाएको छ । कार्यालयले आज सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

उक्त सूचनामा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत अत्यावश्यकबाहेकका अन्य कुनैपनि सवारी साधन चलाउन नपाइने उल्लेख छ । तर दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन जस्ता अत्यावश्यकका सवारी साधनमा र परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मीले गाडी चलाउन पाउने छन् । त्यस्तै भोलि तनहुँ–१ सहित चितवन– र बारा–२ मा पनि उप–निर्वाचन हुँदैछ ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्