आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले सोध्यो तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार भट्टराईलाई स्पष्टीकरण
  • प्रमुख खबर

तनहुँ ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रचार–प्रसार निषेध गरिएको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोधेको हो ।

मोबाइलबाट भ्वाइस मेसेजसमार्फत मत मागेको सूचना पाएको भन्दै उनलाई आयोगको तनहुँमा रहेको निर्वाचन अनुमान समितिले स्पष्टीकरण सोधेको हो ।

आयोगका अनुसार उम्मेदवार भट्टराईले बैशाख ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता २०७९ को दफा १७ (ग) प्रतिकुल हुने गरी भ्वाइस म्यासेजमार्फत मत मागेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको समितिले जनाएको छ ।

भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फत् उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।समितिले स्पष्टीकरण मागेका भट्टराई गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार हुन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्