चितवन ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदानका क्रममा आचारसहिता उल्लंघन गरेको विषयमा माफी मागेको छ । रास्वपाका कार्यकर्ताले मतदान चलिरहेको समयमा भरतपुर–११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा आचारसंहिता उल्लंघन गरेको आरोप एमाले लगायतका दलले गरेका थिए ।
सो क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना हुँदा मतदान प्रभावित बनेको थियो ।मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय गरेको हो ।सो निर्णयपछि भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।