चितवन–२ मा रास्वपाका उम्मेदवार रवि लामिछाने भारी मतान्तरका साथ विजयी
  • प्रमुख खबर

चितवन ।

चितवन–२ को मतगणना सम्पन्न भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । त्यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेकोमा लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् ।

 

यो मत गएको मंसिर ४ गते भएको निर्वाचनमा उनले प्राप्त गरेको मत भन्दा ४ हजार ८ सय ७६ मतले बढी हो । त्यस बेला उनले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए । तर नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो ।

 

लामिछानेको पद गुमेसँगै यस क्षेत्रमा उप–चुनाव भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो ।

 

त्यस्तै यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेवार बनेका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत मात्र प्राप्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्