अन्य देशमा क्रान्ति गर्नेहरुलाई सफल नेता मान्ने तर नेपालमा भने हत्यारा र आतंककारी भन्ने ः डा.बाबुराम भट्टराई
  • प्रमुख खबर

पोखरा ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पछिल्लो समय जनतामा राजनीतिक दलप्रति अविश्वास, निराशा र असन्तुष्टी बढेकाले त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने अन्यथा देश डरलाग्दो अवस्थामा फस्ने बताएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा वि.सं २०५९ मा सुरक्षाकमीद्धारा वेपत्ता पारिएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलको “स्मरण तथा प्रतिष्ठान घोषणा” कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले जनताको असन्तुष्टीलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अवस्थामा फस्ने बताएका हुन् ।

जनयुद्धका कमाण्डरसमेत रहेका उनले क्रान्तिकारी नेतालाई अहिलेको भीडले हत्यारा, आतंककारी र दलाल भनेर बदनाम गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । अन्य देशमा क्रान्ति गर्नेहरुलाई आर्दश नेता मान्ने तर हाम्रो देशमा भने हत्यारा र आतंककारी भन्ने संकुचित भाव भएको बताउँदै यो सरासर हुनै नसक्ने बताए ।

डा.भट्टराईले सहिद, वेपत्ता तथा घाईतेको विषय माओवादीको मात्र नभएर यो राष्ट्रको विषय भएको भन्दै उनीहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायतका विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेहरुको समस्यापनि सबैको भएको उनको भनाई छ ।

उनले आफू प्रधानमन्त्री हुँदा सत्य निरुपण, मेलमिलाप तथा बेपत्ता छानविन आयोग बनाएर सहिद, घाईते तथा वेपत्ताहरुको समस्या सम्बोधन गर्न खोजेपनि चलखेल, धमिलो पानीमा माछा मार्ने प्रवृत्ति र हलो अड्काएर गोरु चुट्ने प्रवृत्तिका कारण अहिलेसम्म टुंगिन नसकेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले देश संकटमा परेको बेलामा कम्युनिष्ट विचार राख्नेहरु एकै ठाउमा उभिनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट एकता हुन नसके अहिलेको प्रारम्भिक चरणमा समाजवादी मोर्चा बनाउने प्रक्रियामा भए पनि सहभागी हुनुको विकल्प नरहेको गुरुङको धारणा छ ।

उनले सहिद, वेपत्ता तथा घाईतेहरुलाई न्याय दिनु राज्यको कर्तव्य भएको बताए उनले नेपाल अन्तराष्ट्रिय शक्ती संघर्षको भूमरीमा पर्न सक्ने भन्दै युक्रेन र अफगानीस्ततान बन्न सक्ने तर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

त्यस्तै उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ९विप्लव०ले नेपालमा संसदीय व्यवस्था असफल भएको दाबी गरेका छन् । उनले यो व्यवस्था असफल हुनुको प्रमुख कारण भनेको नै सरकार परिवर्तन भईरहनु भएको बताएका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्