गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनियताको शपथ लिँदै
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । मुख्यमन्त्री पाण्डेले अपरान्ह १२ बजे पद तथा गोपनियताको शपथ लिन लागेका हुन् । पाण्डेलाई बिहिवार प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा क्षेत्र नम्बर २ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । देउवा निकट उनी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । लगातार तीन कार्यकाल कांग्रेस केन्द्रीय सदस्य भएका उनले नेपाल विद्यार्थी संघबाट सकृय राजनीति शुरु गरेका थिए । त्रिचन्द्र कलेज काठमाडौंको सभापति समेत रहेका उनी कांग्रेसको भातृ संस्था तरुण दलको पूर्व महासचिवसमेत हुन् ।

त्यस्तै सरकारको नेतृत्वबारे टुंगो लागेपनि गठबन्धनबीच मन्त्रालय भागवण्डा भने टुंगिसकेको छैन । सात मन्त्रालय कायम राख्ने सहमति भएपनि कसले कुन मन्त्रालय लिने भन्नेबारे सहमति नभईसकेको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ । जसका मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरुले पनि सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन ।

यद्वपी कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति भएको नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलका सचेतक सुशीला सिंखडाले जानकारी दिईन् । गठबन्धनको अर्को दल नेकपा एसलाई मन्त्री दिने कि नदिने भन्ने टुंगो नलागेको श्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्