गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै विना विभागिय मन्त्री कांगे्रसबाट सरस्वती र माओवादीबाट सुशीलाले लिए शपथ
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियकताको शपथ लिएका छन् । विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेलाई शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियकताको सपथ ग्रहण गराएका हुन् ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । त्यस्तै मुख्यमन्त्री पाण्डेले आजै मन्त्री मण्डल विस्तार गरेका छन् ।

उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

यस्तै नवनियुक्त मन्त्रीहरुलाई कुनैपनि जिम्मेवारी तोकिएको छैन । उनीहरुलाई बिना विभागीय मन्त्रीको हैसियतमा सपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ । दलहरुबीच भागवण्डा नमिलिसकेकाले मन्त्रालय नतोकिएको श्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्