रास्वपाको संसदीय दलको नेतामा पार्टी सभापति लामिछाने चयन
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । यस्तै बैठकले सचेतकमा निशा डाँगीलाई चयन गरेको प्रमुख सचेतक परियारले जानकारी दिएका छन् । त्यसअघि दलको नेता रहेका डीपी अर्यालले लामिछाने निर्वाचित भएलगत्तै राजीनामा दिएका थिए ।

त्यस्तै आज बसेको बैठकले वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिम्मेवारी दिएको छ । रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्