पोखरा ।।
पोखराको पुम्दिभुम्दीमा नगरबस र स्कुटर आज एक आपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ । हेमजा २५ निवासी ४६ वर्षीय तुलसी प्रसाद त्रिपाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनकारी दिएको छ ।
ग १ ख ३२८७ नंम्बरको नगरबस र ग २३ प ३६८६ नंम्बरको स्कुटर एक आपसमा दिउँसो १ :४० बजेको समयमा दुर्घटना भएको थियो । घाइते भएका त्रिपाठीलाई तत्काल उपचारका लागी अस्पताल पठाइए पनि उपचारको क्रममा ३:२५ बजे मृत्यु भएको र स्कुटरको पछाडी सवार पोखरा ५ मालेपाटन निवासी २२ वर्षीय किशोर त्रिपाठी घाइते भएका छन् ।
उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। नगरबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी रहेको जानकारी प्राप्त भएको छ ।
तस्बिर – Routine of pokhara