पोखरा ।।
राष्ट्रिय अखण्डता र जातिय सद्भावको निम्ति क्षत्री एकता -आजको आवश्यकता भन्ने उधेश्यका साथ क्षत्री समाज नेपाल प्रारम्भिक कार्य समिति पोखरा १६ र महिला कार्य समिति पोखरा १६ ले संयुक्त रुपमा शुभकामना आदानप्रदान एवं आजिवन सदस्यको प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा १६ बाट क्षत्री समाज नेपालको केन्द्र, प्रदेश, जिल्ला, युवा, भु पु, कलाकार, महिला, नगर, वडा लगायतमा प्रतिनिधित्व गर्नु हुने हालका तथा पुर्व समितिका आदरणिय क्षत्री क्षत्राणीहरुलाई बिशिष्ठ अतिथिका रुपमा राखिएको थियो भने विशेष अतिथीमा क्षत्री समाज नेपाल पोखरा महानगर समितिका अध्यक्ष कृष्ण बहादुर थापा रहनु भयको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य क्षत्री समाज नेपाल महिला कार्य समिति पोखरा १६ का अध्यक्ष मन्जुश्री थापा बस्नेतले राख्नु भएको थियो भने क्षत्री समाजका सदस्य ज्योती बस्नेतले क्षत्रीका दुख-सुख,भेषभुसा र क्षत्रीको महत्त्व दर्शाउदै गित मार्फत स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बेनीबहादुर बस्नेत, रामबहादुर बानियाँ,भरत थापा र कृष्ण थापा लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । उहाँहरूले हरेक क्षेत्रमा जिम्मेवारी लिन आफै कम्मर कसेर अगाडी बढ्नु पर्छ । आफ्ना अधिकार लिन पछि नहट्ने आई परेमा जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने स्वाभाब क्षत्रीहरू संग रहेको बताउनु भयो ।
क्षत्री समाज नेपाल प्रारम्भिक कार्य समिति पोखरा १६ का कार्यबाहक अध्यक्ष रामशरण बाँनियाको अध्यक्षतामा भयको कार्यक्रमको संचालन क्षत्री समाज नेपाल प्रारम्भिक कार्य समिति पोखरा १६ का सचिब गोबिन्द बहादुर थापा ( राजेन्द्र ) ले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-