एनअाेसीका तत्कालिन कार्यकारी निर्देशक खड्काविरुद्ध अख्तियारले दियाे सर्वोच्चमा पुनरावेदन
  • प्रमुख खबर

काठ्माण्डाैँ ।।

नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्कालाई पर्याप्त सजाय नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

अख्तियारले मागदाबी गरे अनुसार खड्कालाई सजाय र जरिवाना नभएको भन्दै उसले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।

खड्काविरुद्ध विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा २०८० असार १५ गते ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला गरेको थियो ।

अख्तियारले २३ पुस २०७५ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाउँदै उक्त रकम, सम्पत्ति जफत र २ वर्ष कैद सजायको माग गरेको थियो ।

मागदाबी अनुसार सजाय नगरी करिव आधा मात्रै सजाय भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्