सर्प बचाउने पोखराका रोहित गिरी ‘नेसनल जिओग्राफीको योङ एक्सप्लोरर’ को सूचीमा
  • प्रमुख खबर

बिगत चौध वर्षदेखि सर्प बचाउने काम गर्दै आएका पोखराका ‘रोहित गिरी’ उर्फ लुरे नेसनल जिओग्राफीको योङ एक्सप्लोररको सूचीमा परेका छन्।

नेसनल जिओग्राफीले यस वर्ष सूचीकृत गरेको विश्वका १५ जना योङ एक्सप्लोररको सूचीमा नेपालका रोहित गिरी पनि परेका हुन्।

गिरीले उभयचरको अनुसन्धानमा काम गर्दै समाजमा सर्पप्रतिको नकारात्मक सोच हटाउन भूमिका निर्वाह गरेको नेसनल जिओग्राफीले उल्लेख गरेको छ।

आफू विश्व प्रतिष्ठित संस्थाबाट सम्मानित हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै रोहितले भने, ‘सानैदेखि नेसनल जिओग्राफी च्यानल धेरै हेर्थेँ। आज त्यही च्यानलबाट यो सम्मान पाउँदा धेरै खुसी लागेको छ।’

अहिले कास्की जिल्ला र आसपास क्षेत्रमा कतै सर्प भेटिए कि उनै रोहितलाई मानिसहरू बोलाउने गर्छन्। १२ वर्षको उमेरदेखि नै सर्प बचाउने काम थालेका रोहितले एक हजारभन्दा बढी सर्पहरूको रेस्क्यू गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्