कास्कीको लेवाडेमा बस नालामा खस्दा ८ जना घाइते
  • प्रमुख खबर

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  बस सडकको दायाँ साइडतर्फ नालामा पल्टिएर दुर्घटनामा परेको प्रहरीको जनाएको छ। काठमाडौंबाट म्याग्दी बेनी जाँदै गरेको बा ५ ख २८५ नं.को बस बिहान करिब पौने ४ बजे अन्नपुर्ण-१, लेवाडेमा दुर्घटना भएको थियो ।

१३ जना यात्रु सवार उक्त बसका चालकसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइतेहरुको पोखराकै विभिन्न अस्पतालमा र एकजनाको म्याग्दी बेनीमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्