फिल्ड रिपोर्टिङमा पत्रकार कुट्ने ४ पक्राउ अन्यकाे खाेजी भने जारी
  • प्रमुख खबर

पाेखरा ।।

गण्डकी प्रदेश सरकारले वैधनिकता दिन लागेको राइड सेयरिङका विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समिति आजदेखि आन्दोलनमा छ ।

व्यवसायीहरुकाे आन्दोलनको स्थलगत रिपोर्टिङ गर्ने क्रममा पत्रकारद्वय विना थापा मगर ‘बिनु’ र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो ।

अन्दोलनकारीले सुरज थापा सवार ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।थापालाई पठाओ भन्दै पृथ्वीचोकमा अान्दाेलित व्यवसायीहरुले सांघतिक हमला गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकारमाथि हमला गर्नेमध्ये ४ जनालाई पक्राउ गरेकाे छ भने अन्यकाे पनि खाेजी जारी भइरहेकाेले छिट्टै पक्राउ पर्ने बताएको छ ।

कास्की प्रहरीले दिएकाे जानकारी अनुसार सांघातिक हमला गरेकाे अाराेपमा पक्राउ परेकाहरु सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत रहेका छन् ।

यता साे घटनाप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेशले दुख व्यक्त गर्दै सांघातिक हमलामा उत्रने जो कोहीलाई कारवाहीकाे दायरामा ल्याउन माग गरेको छ ।

महासंघका प्रदेश सचिव योगेन्द्र बहादुर केसीले व्यवसायीहरु शान्तिपूर्ण आन्दोलनमा रहेकाले आपराधिक क्रियाकलाप गर्ने कसैलाई महासंघले बचाउ नगर्ने पनि बताएका छन्।

त्यस्तै पत्रकारमाथि भएको सांघातिक हमलापछि कारवाहीको माग गर्दै पत्रकारिता क्षेत्रका विभिन्न संस्थाहरु नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल पत्रकार महासंघ कास्की, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश, नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) र नेपाल मगर पत्रकार संघ लगायतले प्रेस विज्ञप्ती जारी गर्दै उक्त हमलामा संलग्न जो कोहीलाई कानूनी कारवाही गर्नुपर्ने माग गरेको छ ।

कुटिएका पत्रकार सुरज थापा नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) का कार्यसमिति सदस्य र नेपाल मगर पत्रकार संघ कास्कीका उपाध्यक्ष हुन् भने बिना थापा (विनु) नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष हुन् । विनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्