पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई
अाज सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हाे ।

न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर
गरेका हुन् । उनलाई नाै महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिबाना स्वरुप सजाय सुनाएको छ ।

यसअघि विशेष अदालतले जाेशीलाई अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ जरिबानाकाे फैसला गरेकाे थियो । तर सर्वाेच्चले अाफैले गरेकाे कैद र जरिबाना दुवै घटाउँदै फैसला गरेकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्