स्कुल बस दुर्घटनामा कार्यालय सहयोगी र उनकाे छाेराकाे मृत्युु अन्य घाइतेहरुकाे भने नामावलीसहित
  • प्रमुख खबर

पाेखरा ।।

पाेखरा-१७ बिराैटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साे स्कुल बस पोखरा २१ गुड्कु स्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गर्दा दुर्घटनामा परेकाे हाे ।बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए ।

प्रहरीका अनुसार बस दुर्घटनामा परि पोखरा -२१ कृष्ती घर भएका ३३ बर्षीय आरती बिक र उनकाे अन्दाजी ६ बर्षीय छाेरा प्रिन्स बि.क. काे उपचारकाे क्रममा मृत्यु भएको छ।

त्यस्तै अन्य घाईतेहरुको भने पाेखरा विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार निम्न घाइतेहरुको अवस्था र उनीहरुको उपचार भैरहेको अस्पताल यस प्रकार छ।

गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु

१) जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने बर्ष ९ को अनमोल बि.क., नाक र मुखमा चोट, अबस्था मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष ५ को रोशन बराल, टाउको र नाकमा चोट, अबस्था मध्यम ।

३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, नाक र मुखमा चोट, अबस्था मध्यम ।

४) ऐ.ऐ. बस्ने बर्ष ६ को योना गुरुङ। ढाडमा चोट, अबस्था मध्यम ।

५) ऐ.ऐ. बस्ने बर्ष १३ की डिना गुरुङ, अनुहारमा चोट, अबस्था सामान्य ।

६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, टाउको र खुट्टामा चोट, अबस्था मध्यम ।

७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, दायाँ हातमा चोट, अबस्था सामान्य ।

८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., दायाँ खुट्टा र मुखमा चोट, अबस्था सामन्य ।

९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, दायाँ खुट्टा र टाउकोमा चोट, अबस्था मध्यम ।

१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, नाक र मुखमा चोट, अबस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, दायाँ खुट्टामा चोट, अबस्था सामान्य ।

१२) ऐ.ऐ. बस्ने बर्ष ४/५ को प्रिन्स बि.क.टाउको,नाक र मुखमा चोट,अबस्था सिरियस । (करिब ११ बजे मृत्यु भएको)

१३) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२ की सिम्रन बि.क., दुबै खुट्टा र टाउकोमा चोट,अबस्था मध्यम ।

१४) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, टाउको र बायाँ खुट्टामा चोट, अबस्था मध्यम ।

१५) ऐ.ऐ. बस्ने बर्ष ३३ की आरती बि.क., ऐ.०९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा ( विद्यालयको कार्यालय सहयोगी) ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु

१) जिल्ला कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।

३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।

४) ऐ.ऐ. बस्ने बर्ष ७ को रिजन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।

५) ऐ.ऐ. बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।

६) ऐ.ऐ. बस्ने बर्ष २ को अंकित खत्री, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।

७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क., टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।

८) ऐ.ऐ. बस्ने बर्ष ७ को अस्मित बि.क., टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।

९) ऐ.ऐ. बस्ने बर्ष ३० की सुमित्रा सुनार, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम । (अविभावक)

१०) ऐ.ऐ. बस्ने बर्ष २ को निर्दोष सुनार, हात र खुट्टामा चोट, अबस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष ३० की सपना आले, हात र खुट्टामा चोट, अबस्था मध्यम, (शिक्षक) ।

१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, हात र खुट्टामा चोट, अबस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु

१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बस चालक बर्ष ५५ को टेक बहादुर भुजेल (ढाडमा चोट, अबस्था मध्यम)

२) ऐ.ऐ. २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार (कक्षा ३) टाउकोमा चोट, अबस्था समान्य ।

३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, आँखामा चोट, अबस्था मध्यम ।

तपाईको प्रतिक्रिया दिनुहोस्