पाेखरा ।।
नेपाल इन्जिनियर्स एसोसिएसन (सिडेन) तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन मिति तय भएको छ ।
सिडेन गण्डकी प्रदेशकाे अासन्न निर्वाचन भदौ २८ गतेका लागि तय गरिएको हाे ।
साे निर्वाचनमा सिडेन गण्डकी प्रदेशको तर्फबाट सन्तोष जिसीको नेतृत्वमा मनोनयन दर्ता गरिएको छ।
त्यस्तै केन्दीय सदस्यमा अबित के.सी., सभापतिमा सन्तोष जि.सी., उप-सभापतिमा बिशाल थापा, सचिबमा निरोज लामिछाने, सह-सचिबमा मन्जू शिलाकर र कोषाध्यक्षमा बिश्वास आचार्यकाे उम्मेदवारी रहने भएको छ ।
यस्तै प्रदेश सदस्यहरु महेन्द्र पौडेल, सक्षम अधिकारी, संजय राज तिमिल्सेना, रोचक क्षत्री, ध्रुब रेग्मी, निरोज घिमिरे, लाल बहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्माकाे उम्मेदवारी रहेकाे सदस्य पदका उम्मेदवार इन्जिनियर महेन्द्र पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार साे निर्वाचन ताेकिएकाे समय सिमाभित्र नै सम्पन्न हुने पनि बताएका छन् ।