बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनादेश छाेडेर भागिन
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
देशमा प्रदर्शन चर्किँदै गएसँगै बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भागेकी छन् ।

उनले अाज राजीनामाको घोषणा गरेर हेलिकप्टरमार्फत भारततर्फ भागेकी हुन् ।

उनी भागेसँगै बङ्गलादेशका सेना प्रमुख जनरल वकेर-उज-जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।

उनले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग छलफल गरेर छिट्टै समस्याकाे समाधान गर्ने बताएका छन् । तर सरकारको नेतृत्व भने कसले गर्ने स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

ठूलो सङ्ख्यामा सरकारी जागिरको कोटा प्रणाली लगाउने सरकारी विधेयकको विरुद्धमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनले हसिनालाई देशबाटै भाग्नुपर्ने अवस्था ल्याएको हो ।

यसअघि अघिल्लो हप्ता मात्र बङ्गलादेशमा प्रदर्शन हिंसात्मक बन्दा दुई सय जनाभन्दा धेरैको ज्यान गएपछि त्यहाँकाे सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरिदिएकाे छ।

सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी शेख हसिना विगत १६ वर्षदेखि बङ्गलादेशको सत्तामा रहेकी छन् ।

त्यस्तै सन् २००९ यता भने उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्