तनहुँ।।
भारतीय पर्यटक बोकेको बस तनहुँको आँबुखैरेनीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐना पहरास्थित मस्र्याङ्दी नदीमा खसेको हाे ।
उक्त बस विहान करिव ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको थियाे ।
दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेकाे छ भने १६ जना यात्रुलाई उद्धार गरिएको छ।
बसमा ४१ जना यात्रु सवार रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिएका छन् ।
एसपी थापाका अनुसार ती भारतीय पर्यटकहरु भदौ ५ गते पाेखरा घुम्नका लागि अाएका र दुई दिन घुमेर काठमाडौंका लागि शुक्रबार बिहान छुटेका थिए।