हेमजा उद्मोगले स्थापना दिवसमा विषेश रक्तदान कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पाेखरा ।।

पोखरा महानगरपालिका वडा न.२५, हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवस मनाएकाे छ ।

बुधवार रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमकाे अायाेजना गरि उक्त समितिले अाफ्नाे प्रथम स्थापना दिवस मनाएकाे हाे ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं
वडा नं.२५ हेमजाका कार्यवाहक अध्यक्ष धन कुमारी पोख्रेल तिमिल्सिनाले पहिलो रक्तदाता हेमजा उद्मोगका अध्यक्ष मिनराज तिम्सिनालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्धघाटन गरेकी थिइन ।

कार्यक्रमकाे उद्धघाटन गर्दै कार्यवाहक अध्यक्ष पाेख्रेलले रक्तदान भन्नाले कुनै मानिसले स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई बुझाउँने बताएकी छन् ।

रक्तदान गर्नु भनेकाे याे एउटा परोपकारी काम मात्र नभइ दाता स्वयमलाई पनि स्वास्थ्य लाभ हुने पनि उनले बताइन ।

उनले आफूले गरेको रक्तदानले अरुको जीवन बच्ने हुनाले ‘रक्तदान जीवन दान’ भनिएकाे समेत स्पष्ट पारेकी छन् ।

साे रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको अायाेजकले जानकारी दिएकाे छ ।

त्यस्तै कार्यक्रममा सामुदायिक प्रहरी एवं सेवा केन्द्र हेमजाका उपाध्यक्ष देवि अधिकारी, लायन्स क्लब अफ हेमजा पोखराका अध्यक्ष सन्तमान क्षेष्ठ, ने.रे.सो हेमजा उपशाखा सहसचिव कृष्ण बहादुर थापा साथै रक्त सञ्चार केन्द्रका कार्यालय प्रमुख महेश के.सी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्