शैक्षिक गुणस्तरका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाद्वारा करारमा प्रधानाध्यापक नियुक्त
  • प्रमुख खबर

पाेखरा ।।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाले करारमा प्रधानाध्यापक नियुक्त गरेको छ ।

साे गाउँपालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक नियुक्त गरेको हाे ।

देशमै नमूनाका रूपमा शिक्षा क्षेत्र सुधारका लागि गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो ।

यसअघि गाउँपालिकाले करारमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग गरेको थियो ।

करारमा नियुक्त गरेका प्रधानाध्यापककाे छनाेट भने मापदण्ड अनुसारको अङ्कका आधारमा गरिएको यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्