पाेखरा ।।
गएराति पाेखरा-२९, लेखनाथको आदर्श चोकमा बोलेरोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्युु हुनेमा सर्लाही घर भई हाल पाेखरा-२९ बस्ने ५७ वर्षीय सोनु खड्का भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
तालचोकबाट गगनगौँडातर्फ जाँदै गरेको ग ३ च ४७५७ नम्बरको बोलेरोले गएराति खड्कालाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट गम्भिर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि बोलेरो जीप र चालकलाई नियन्त्रणमा लिएको छ ।