रास्वपाका सभापति लामिछानेको बयान सकियाे
  • प्रमुख खबर

पाेखरा ।।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सकिएकाे छ ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसँग जिल्ला सहकारी वकिलकाे कार्यालय कास्कीमा अाज विहान ११ बजेबाट सुरु भएको बयान ११ घण्टाकाे समयावधि पछि बल्ल सकिएकाे हाे ।

मंगलबार साढे ८ घण्टासम्म बयान लिदाँ पनि पुरा नभएको हुनाले बुधबार साँझसम्म बयान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) बसन्त शर्माले बयान प्रमाणित गरेका हुन् ।

कार्तिक २ गते वनस्थलीबाट पक्राउ परेका लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनको बयान ४५ पेज लामो रहेको जानकारी दिएका छन् । उनले अाफ्नाे बयानकाे क्रममा सूर्यदर्शन सहकारीबाट ऋण लिएको तथ्यलाई अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्