पाेखरा ।।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) कारागार चलान भएका छन् ।
२१ वर्षअघि गुन्डा नाइके चक्रे (मिलन गुरुङ) को हात छिनालेको घटनामा दाेषी ठहर भएसँगै मनाङे मंगलबार जेल चलान भएका हुन् ।
केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्नेछ ।
२०६१ सालमा मनाङे समूहले चक्रे मिलन माथि आक्रमण गरेको थियो । उक्त अाक्रमणबाट चक्रेकाे हात छिनेकाे थियाे ।
सोही घटनाको मुद्दामा अहिले माथिल्लो अदालतबाट फैसला भएसँगै कार्यान्वयनमा गएको हो ।












